News Portal

  • मनकामना स्मार्ट लघुवित्तको आईपीओ सोमबार बाँडफाडँ हुने

    आर्थीकसंसार संवाददाता२५ असार, २०७८
    ३२८ पटक
    २५ असार, २०७८

    काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको प्राथमिक शेयर (आइपीओ) शुक्रबार ‘प्रि अलोटमेण्ट’ सम्पन्न भएको छ । विक्री प्रबन्धक एनएमिबि क्यापिटलले प्रि अलोटमेण्ट सम्पन्न गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डमा स्वीकृतिका लागि पठाएको बताएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति आएमा सोमबार आइपीओ बाँडफाँडको तयारी गरिएको बिक्री प्रबन्धकले जानकारी दिएको छ ।
    संस्थाले असार १७ गतेबाट एक सय रुपैयाँ अंकित दरका कूल ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ६ हजार ५८ कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।
    आइपीओमा ७३ गुणा बढीको आवेदन परेको छ । आइपीओमा २० लाख ३६ हजार २ सय ४५ जना आवेदकबाट २ करोड ६५ लाख ७४ हजार ५० कित्ताको लागि आवेदन परेको हो । यो माग गरिएको भन्दा ७३.१० गुणा बढी हो ।

    प्रतिकृया दिनुहोस्