News Portal

  • युनियन लाइफ इन्स्योरेन्सको आईपीओ पहिलो दिनमै ‘ओभर सब्सक्राइब’

    आर्थीकसंसार संवाददाता२४ असार, २०७८
    १२३४ पटक
    २४ असार, २०७८

    काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले जारी गरेको प्राथमिक निष्काशन (आईपीओ)मा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आज (असार २४ गते) बाट जारी भएकै दिन १.४१ गुणा बढी आवेदन परेको हो । क्यापिटलका अनुसार पहिलो दिन अपरान्ह ५ बजेसम्म ५ लाख १० हजार ९ सय ४५ जना सर्वसाधारण लगानीकर्ताहरुबाट ९१ करोड ६० हजार रुपैयाँ बराबरको ९१ लाख ६०० कित्ता सेयरको लागि आवेदन परेको छ ।
    कम्पनीले आजबाट कूल ६४ लाख ५० हजार कित्ता सेयर जारी गरेको हो । त्यसमध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५८ लाख ५ हजार कित्ता शेयर निष्काशन गरिएको थियो । यो आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २ सय ५० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । जसमा आवेदन दिने अन्तिम समय छिटोमा असार २८ गते सोमबारसम्म रहेको छ ।

    प्रतिकृया दिनुहोस्