News Portal

  • अजोड इन्स्योरेन्सको रक्तदान कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता२१ असार, २०७८
    ६४७ पटक
    २१ असार, २०७८

    काठमाडौं । अजोड इन्स्योरेन्सले आज (असार २१ गते) तेस्रो वार्षिकोत्सव सम्पन्न गरेको छ । सो अवसरमा कम्पनीले सीटीसी मल सुन्धारामा रक्तदान कार्यक्रम गरेको छ ।
    उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत लगायत कम्पनीको कर्मचारी र आगन्तुक समेत गरी ३५ जनाले रक्तदान गरेका छन् ।
    कोरना भाइरस (कोभिड–१९) दोस्रो लहरको माहामारीको विषम परिस्थितिका वावजुत हालसम्म १ लाख २० हजार ७०६ बीमालेख जारी गरी १ अर्ब २० करोड ८३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।
    हालसम्म कम्पनीको चुक्ता पूँजी १ (एक) अर्ब रुपैयाँ र लगानी १४७ करोड ३१ लाख रुपैयाँ रहेको छ । त्यस्तै, कुल दाबी भुक्तानी ५८ करोड ९७ लाख रुपैयाँ (कोरोना बीमा दाबी भुक्तानी रु.१२.९७ करोड र अन्य बीमा दाबी भुक्तानी रु.४६ करोड ० रहेको इन्स्योरेन्सले जनाएको छ ।
    कम्पनीले प्रधान कार्यालय सहित सातै प्रदेशमा ७ वटा प्रादेशिक कार्यालय तथा २२ वटा शाखा कार्यालय, १७ वटा उपशाखा कार्यालय गरि जम्मा ४७ वटा कार्यालयहरु, ३ वटा तेश्रो पक्ष बीमा काउण्टरहरु र ७ वटा बीमा काउण्टरमार्फत बीमा सेवा प्रदान गर्न कम्पनी सक्षम भएको छ भने कम्पनीको सम्पूर्ण कार्यालय र बीमा काउण्टरहरुमा करिब २६७ जना कर्मचारी कार्यरत रहेका छन् ।
    कम्पनीले प्रदान गर्ने बीमा सेवालाइ छिटो छरितो भरपर्दो र स्तरीय बनाउँदै लैजानका लागि वेव बेस सिष्टम र कम्प्युटर बिलिङ्गको व्यवस्था गर्नुका साथै दावी भुक्तानी प्रक्रियालाई छिटो छरितो चुस्त एव्म पारदर्शी बनाउने उदेश्यले फाष्ट ट्रयाक दावी भुक्तानी नीति अवलम्वन गरि २ (दुई) लाख रुपैयाँसम्मको दावी तत्कालै भुक्तानी गर्ने व्यवस्था गरेको छ । कम्पनीले इन्टिग्रेटेड एमआईएस सिष्टम, इन्भेष्टमेन्ट, इन्भेष्टमेन्ट सफ्टवेयर, ग्रुप एसएमएस सिष्टम, अजोड च्याट बोर्डको शुरुवात गरि सकेको छ । त्यसैगरी डिजिटल पेमेन्ट गेटवेका लागि कम्पनीले आईएमई पे, प्रभु पे, एनआईसी एशिया फोन पे, सेल पे, खल्ती, इसेवा, पे वेल आदि सेवाहरु समेतको शुरुवात गरिसकेको छ ।
    कम्पनीले प्रविधिमा आधारित बीमा सेवा प्रदान गर्ने लक्ष्यअनुरुप आगामी दिनमा डिजिटल इन्स्योरेन्स पोलिसी जारी गर्ने प्रक्रियामा रहेको छ । साथै आगामी दिनमा कम्पनीले बीमा सेवाको पहँुच बढाउनको लागि देशका सुगम देखी दुर्गम क्षेत्रमा समेत आफ्नो बीमा सेवा बिस्तार गर्दै लैजाने लक्ष्य लिएको छ । त्यसैगरी ग्राहकहरुको आवश्यक्ताका आधारमा केही नयाँ बीमालेखहरु पनि प्रचलनमा ल्याउने तयारी गरेको छ ।

    प्रतिकृया दिनुहोस्