News Portal

  • जनरल इन्स्योरेन्सको द्वयसञ्चालकमा ज्ञवाली र बन्जाडे निर्वाचित

    आर्थीकसंसार संवाददाता२१ असार, २०७८
    ४२७ पटक
    २१ असार, २०७८

    काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको सञ्चालकमा सरस्वती गौतम ज्ञवाली र अमृत बन्जाडे निर्वाचित भएका छन् । असार २१ गते सम्पन्न कम्पनीको तेश्रो वार्षिक साधारणसभाले सञ्चालकमा दुई जनालाई निर्वाचित गरेको हो ।
    सभाले सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने गरी चार वर्षको लागि सञ्चालकमा निर्विरोध निर्वाचित गरेको हो । यससँगै नवनियुक्त दुबै सञ्चालकले आगामी चार वर्ष अर्थात २०८२ असार २१ गतेसम्म आफ्नो जिम्मेवारी सम्हाल्ने छन् ।
    सभाले संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने कम्पनीको आ.व २०७६÷०७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७६÷०७७ को, २०७७ आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह सम्वन्धी विवरण, आ.व.२०७७÷०७८ को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोकेको छ । साथै, सभाले कोभिड–१९ राहत कोषमा सहयोग गरेको रकम अनुमोदन गर्ने समेत जनाएको छ ।

    प्रतिकृया दिनुहोस्