News Portal

  • जीवन विकास लघुवित्तको आइपीओ बाँडफाँड भोलि हुने

    आर्थीकसंसार संवाददाता२१ असार, २०७८
    ८१० पटक
    २१ असार, २०७८

    काठमाडौं । जीवन विकास लघुवित्तको प्राथमिक शेयर (आइपीओ) भोलि बुधबार बाँडफाँड हुने भएको छ । हिजो प्रि अलोटमेण्ट सम्पन्न गरी भोलि आइपीओ बाँफाँडको तयारी भइरहेको विक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । कम्पनीको आइपीओ भोलि विहान ९ बजे विक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा बाँडफाँड हुने जनाएको छ ।
    संस्थाको आइपीओमा १५.८२ गुणाको आवेदन परेको छ । विक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार उक्त आइपीओमा २० लाख ८७ हजार ३ सय २० जना आवेदकबाट ३ करोड १२ लाख ९९ हजार ४१० कित्ताको लागि आवेदन परेको छ ।
    उपलब्ध तथ्याङको आधारलाई हेर्ने हो भने १ लाख ८४ हजार ८०१ जना आवेदकले १० कित्ताका दरले शेयर हात पार्ने देखिन्छ भने १९ लाख २ हजार ५ सय १९ जना आवेदकको हात खाली हुने देखिएको छ ।
    संस्थाले असार ११ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये कुल पुँजीको ०।५ प्रतिशतले हुन आउने ३० हजार ४२० कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।

    प्रतिकृया दिनुहोस्