News Portal

  • कामना सेवा विकास बैंकको दुम्किबास शाखा स्थानान्तरण

    आर्थीकसंसार संवाददाता२१ असार, २०७८
    ३६३ पटक
    २१ असार, २०७८

    काठमाडौं । कामना सेवा विकास बैंकको नवलपरासी जिल्ला विनयी त्रिवेणी गाउंँपालिका वडा नं. १ दुम्किबासस्थित शाखा कार्यालय स्थानान्तरण भएको छ ।
    हाल सञ्चालित भवनदेखि करिब ५० मिटर उत्तरतर्फ न्यू विशाल पुस्तक पसलको ठिक अगाडिको भवनमा स्थानान्तरण भएको बैंकले जानकारी दिएको छ । बैंकका सञ्चालक भिम प्रसाद तुलाचनले उक्त स्थानान्तरित शाखा कार्यालयको समुद्घाटन गरेका छन् ।
    सोसल मिडिया बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, एसएमएस बैंकिङ्ग जस्ता विभिन्न डिजिटल माध्यमहरुबाट समेत ग्राहकहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको यस बैंकले १२७ वटा शाखा, १ वटा विस्तारीत काउन्टर तथा ७० वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्