News Portal

  • कृषि विकास बैंकद्वारा ऋणपत्र रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त

    आर्थीकसंसार संवाददाता१५ असार, २०७८
    ६८७ पटक
    १५ असार, २०७८

    काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडलाई कृषि विकास बैंक लिमिटेडले “७ वर्षे ६ अरब कृषि ऋणपत्र” का डिबेञ्चर रजिष्ट्रारका लागि नियुक्त गरिएको छ । कृषि क्षेत्रमा लगानी गरी कृषि क्षेत्रमा दीर्घकालिन साधनको उपलब्धता सहज बनाउन यस बैंकले कृषि ऋणपत्र जारी गरिएको हो ।
    उक्त सम्झौतामा कृषि विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख वित्तिय अधिकृत यज्ञप्रकाश न्यौपाने तथा एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक श्री सचिन्द्र ढुंगानाले मिति २०७८ असार १४ गते हस्ताक्षर गर्नुभएको छ ।

    प्रतिकृया दिनुहोस्