आर्थीकसंसार संवाददाता१५ असार, २०७८
१५ असार, २०७८काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सका सञ्चालक विनयकुमार तोदीले राजीनामा दिएका छन् । उनले आफ्नो व्यक्तिगत कारण देखाई गत असार ११ गते सञ्चालक पदबाट राजीनामा दिएका हुन् ।
साथै, उनको राजीनामालाई कम्पनी सञ्चालक समितिले पनि स्वीकृत गरिसकेकोे छ । असार १४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सञ्चालक तोदीको राजीनामा स्वीकृत गरेको हो ।