News Portal

  • जीवन विकास लघुवित्तको आईपीओ विक्री खुला

    आर्थीकसंसार संवाददाता११ असार, २०७८
    १०४३ पटक
    ११ असार, २०७८

    काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनीको जारी पुँजी रु. ६०,८४,००,००० को ३२ दशमलव ५० प्रतिशतले हुन आउने रु. १९,७७,३०,००० रकम बराबर प्रति शेयर रु. १०० अंकित दरका १९,७७,३०० कित्ता साधारण शेयरमध्ये ३०,४२० कित्ता शेयर (जारी पुँजीको ०.५ प्रतिशत) कर्मचारीहरुलाई र ९८,८६५ कित्ता शेयर (कुल निष्काशनको ५ प्रतिशत) सामुहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी रहने १८,४८,०१५ कित्ता साधारण शेयरहरुको प्रारम्भिक सार्वजनिक निष्काशन गर्दैछ ।
    उक्त आईपीओमा सर्वसाधारण लगानीकर्ताले १८ लाख ४८ हजार १५ कित्तामा आवेदन दिन सक्नेछन् । यसको अर्थ दश कित्ता नियमअनुसार १ लाख ८४ हजार ८०१ लगानीकर्ताले मात्र दश कित्ता शेयर प्राप्त गर्ने छन् । यस आईपीओको परेको आवेदनहरुलाई आधार लिंदा १८ लाख माथिले आवेदन दिने अनुमान सजिलै गर्न सकिन्छ । त्यसैले जीवन विकास लघुवित्तको आईपिओमा दश कित्तामा आवेदन दिँदा पनि पुग्ने देखिन्छ ।
    उक्त आइपीओमा असार १५ गते बैंकिङ्ग समयसम्म आवेदन दिन सकिनेछ । यदि असार १५ गतेसम्म पनि सम्पूर्ण शेयर कित्तामा आवेदन नपरेको अवस्थामा असार २५ गतेसम्म समय थपिने छ । विगतदेखिको तथ्याङ्क अनुसार समय थपिने सम्भावना एकदमै न्यून जस्तै छ ।
    संस्थाको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ । संस्थाको आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा आइआर बीबीबी माइनस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

    प्रतिकृया दिनुहोस्