News Portal

  • नेपाल पुनर्बीमाको सञ्चालकमा रमेश लम्साल नियुक्त

    आर्थीकसंसार संवाददाता४ भदौ, २०७७
    ४४० पटक
    ४ भदौ, २०७७

    काठमाडौं । सरकारले नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा रमेश लम्साललाई नियुक्त गरेको छ । अर्थमन्त्रालयले सरकारी प्रतिनिधिको रुपमा लम्साललाई सञ्चालकमा नियुक्त गरेको स्रोतले बतायो ।
    लम्साल पुनर्बीमा कम्पनीको संस्थापक प्रमुख कार्यकारी अधिकृत हुन् । दुई दशकभन्दा बढी जीवन बीमा क्षेत्रमा सक्रिय लम्साल बीमा एशोसिएटसिप डिग्री हासिल गर्ने पहिलो नेपाली हुन् ।
    लम्सालको नियुक्तीसँगै पुनर्बीमा कम्पनीको सञ्चालक समितिमा सरकारी प्रतिनिधि कोटा सकिएको छ । यसअघि मन्त्रालयले रमेश रानालाई सञ्चालकमा पुर्ननियुक्ति गरेको छ भने अर्थमन्त्रालयकै सहसचिव यमलाल भुसाल सञ्चालक समितिमा छन् ।
    पुर्नर्बीमा कम्पनीको सबैभन्दा ठूलो लगानीकर्ताको हैसियतले अर्थमन्त्रालयले अध्यक्ष पनि आफै तोक्दै आएको थियो । तर हाल भने भुसाललाई काम चलाउ अध्यक्षको जिम्मेवारी मात्र तोकिएको अर्थमन्त्रालय स्रोतले बतायो । कम्पनी ऐनअनुसार सञ्चालक समितिले अध्यक्ष चयन गर्नु पर्नेहुन्छ ।

    प्रतिकृया दिनुहोस्