News Portal

  • नेपाल पुनर्बीमा कम्पनीले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने

    आर्थीकसंसार संवाददाता८ असार, २०७८
    १०३६ पटक
    ८ असार, २०७८

    काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ । असार ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
    कम्पनीले आर्थिक वर्ष २०७६÷७७ को नाफाबाट चुक्ता पुँजीको १६.५० प्रतिशत बोनस र ३.५० प्रतिशत नगद (कर प्रयोजनार्थ समेत) गरी २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
    उक्त प्रस्तावलाई नेपाल सरकार र नियामक निकाय बीमा समितिले स्वीकृत गुर्नपर्छ । त्यसपछि कम्पनीको साधारणसभाले पारित गरेसँगै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।
    हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ रहेको छ । १६.५० प्रतिशत बोनसपश्चात कम्पनीको चुक्ता पुँजी ११ अर्ब ६५ करोड रुपैयाँ पुग्ने छ ।

    प्रतिकृया दिनुहोस्