News Portal

  • मेगा बैंकको हिमशिखर एग्रो किसानलाई किसान कार्ड तथा सस्तो कृषि कर्जा सुविधा

    आर्थीकसंसार संवाददाता८ असार, २०७८
    ५३० पटक
    ८ असार, २०७८

    काठमाडौं । मेगा बैंक नेपालले किसानहरुलाई हिमशिखर एग्रोसँगको सहकार्यमा बैंकको आधुनिक प्रविधिमैत्री किसान कार्ड सहित कृषि कर्जा सर्वसुलभ रुपमा उपलब्ध गराउन सम्झौता गरेको छ ।
    बैंकको तर्फबाट माइक्रो एण्ड एग्रो फाइनान्सिङ्ग विभागका प्रमुख पुण्यप्रसाद खनिया र हिमशिखर एग्रोका प्रमुख कार्यकारी अधिकृत प्रकाशचन्द्र घिमिरेले उक्त सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
    हिमशिखर एग्रोसँगको सम्झौतापश्चात मेगा बैंकले ग्रामीण भेगका किसानहरुलाई कृषि उत्पादनमा आवश्यक कृषि सामग्रीहरु तथा बीउबिजनहरु खरिद गर्न कृषि कर्जा तथा मेगा किसान कार्ड प्रदान गर्नेछ ।
    मेगा बैंकका माइक्रो एण्ड एग्रो फाइनान्सिङ्ग विभागका प्रमुख खनियाले पहिलो चरणमा प्रदेश नम्बर १ का किसानहरुलाई किसान कार्डसहितको कृषि कर्जा स्थानीय शाखाहरुमार्फत छिटोछरितो ढंगले प्रदान गर्न लागिएको बताए । प्रदेश नम्बर १ पछि क्रमशः देशभरका किसानहरुलाई सेवा प्रदान गरिने उनले बताए ।
    किसान कार्डमार्फत कृषकहरुले आफूलाई आवश्यक कृषि सामग्रीहरु, बीऊ, मल, किटनाशक औषधीलगायतका सामानहरु तोकिएको स्थान तथा पसलहरुबाट खरिद गर्न सक्नेछन् ।
    मेगा किसान कार्ड मेगा बैंकले कृषकहरुका लागि प्रदान गरेको बैंकिङ्ग बजारको पहिलो आधुनिक प्रविधिमैत्री सेवा हो, जसले किसानहरुलाई डिजिटल बैंकिङ्ग कारोवार गर्न सहज र सरल हुने बैंकको विश्वास छ ।
    हिमशिखर एग्रोका प्रमुख कार्यकारी अधिकृत घिमिरेले मेगा बैंकले कृषि कर्जालाई प्राथमिकताका साथ सर्वशुलभ रुपमा प्रदान गर्दै आएकाले मेगासँग सहकार्य गरिएको बताए ।
    मेगा बैंकले अहिले आर एण्ड डी इनोभेटिभ सोलुशन र कर्मा ग्रुपसँग सहकार्य गरी कृषकहरुलाई मेगा किसान कार्डसहितको कृषि कर्जा प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्