News Portal

  • प्रुडेन्सियल इन्स्योरेन्सको प्रस्तावित लाभांश पारित

    आर्थीकसंसार संवाददाता६ असार, २०७८
    ५५९ पटक
    ६ असार, २०७८

    काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको प्रस्तावित ८.४२ प्रतिशत लाभांश पारित भएको छ । असार ६ गतेसम्पन्न कम्पनीको १९औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।
    सभाले पारित गरेसँगै कम्पनीका सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ८ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०।४२ प्रतिशत नगद गरी सो मात्राको लाभांश पाउने भएका छन् ।
    यससँगै साविक १ अर्ब २ करोड रुपैयाँ रहेको इन्स्योरेन्सको चुक्ता पुँजी बोनस वितरणपश्चात १ अर्ब १० करोड रुपैयाँ पुग्ने कम्पनीले जानकारी गराएको छ ।
    साथै, सभाबाट कम्पनीको संस्थापक समूह ख अन्तर्गत २ जना सञ्चालक (शैलेष संघई र अनिता रायमाझी टण्डन) निर्विरोध निर्वाचित भएका छन् । जसलाई निर्वाचन अधिकृतले पद तथा गोपनियताको सपथ ग्रहणसमेत गराइसकेका छन् ।
    त्यस्तै, सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष विशाल अग्रवालद्वारा प्रस्तुत आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।
    निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्सको उन्नाईसौं वार्षिक साधारण सभा होटेल ईच्छा प्रालि सिमरा, बारामा सम्पन्न भएको हो ।

    प्रतिकृया दिनुहोस्