News Portal

  • कुमारी बैंकद्वारा मेलम्चीका बाढीपीडितलाई सहयोग

    आर्थीकसंसार संवाददाता६ असार, २०७८
    ६६१ पटक
    ६ असार, २०७८

    काठमाडौं । कुमारी बैकले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका क्षेत्रका बाढी र पहिरो प्रभावितलाई राहत सहयोग गरेको छ ।
    बैंकले प्रभावित समुदायका लागि ३०० थान दैनिक उपभोग्य खाद्य सामग्री, अस्थायी बसोबास गर्नका लागि टेन्ट, ५०० कम्बल, महिलाहरू तथा शिशुहरूका लागि प्रयोग हुने अत्यावश्यक सामग्रीका साथै अत्यावश्यक औषधीहरू प्रदान गरेको छ ।
    केही दिनदेखिको लगातार वर्षाको कारण देशको विभिन्न भागमा बाढीपहिरोले पुर्याएको जनधनको क्षति एवं विनाशले आफुहरु स्तब्ध भएको र यो सहयोगले पिडितलाई केही सम्म राहत मिल्ने आशा आफुहरुले राखेको बैंकले जनाएको छ ।
    उक्त राहत सामाग्री कुमारी बैंक मेलम्ची शाखाका शाखा प्रमुख बिनोद भक्त श्रेष्ठले मेलम्ची नगरपालिकाका प्रमुख डम्बरबहादुर अर्याललाई हस्तान्तरण गरेका थिए ।
    कुमारी बैंकले आफ्ना देशव्यापी १९४ शाखा सञ्जाल, १६५ एटिएम, २६ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको छ ।

    प्रतिकृया दिनुहोस्