News Portal

  • नेशनल लाईफ इन्स्योरेन्सले ५ दिनमै दियो मृत्यु दावी भुक्तानी

    आर्थीकसंसार संवाददाता४ असार, २०७८
    १०२० पटक
    ४ असार, २०७८

    काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले मृत्यु दावी बापत ५३ लाख ३० हजार रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले ५ दिनभित्रै स्वर्गीय सुकुना गुरुङ्गका परिवारलाई उक्त रकम बराबरको मृत्यु दावी भुक्तानी गरेको हो ।
    गुरुङ्गको गत २०२१ मे २८ मा कोरोनाको कारणबाट मृत्यु भएको हो । स्वर्गीय सूकुना गुरुङ्गले सन २०१९ जुन ३ मा ५० लाख रुपैयाँको दोहोरो दुर्घटना लाभसहितको १० वर्षे अमृत जीवन बीमालेख खरिद गरेकी थिइन् ।
    यससँगै, इन्स्योरेन्सका वित्त विभाग प्रमुख प्रज्जवल सायमीले स्वर्गीय गुरुङ्गको इच्छाइएको व्यक्ति निजको छोरा बिजेन्द्र गुरुङ्गलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । त्यस्तै, उक्त दावी आवश्यक कागजात प्राप्त भएको ५ दिनभित्र नै दावी फछ्र्र्यौट गरिएको दावी विभागका प्रमुख नबिन श्रेष्ठले जानकारी गराए ।

    प्रतिकृया दिनुहोस्