News Portal

  • स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण

    आर्थीकसंसार संवाददाता१ असार, २०७८
    ३५८ पटक
    १ असार, २०७८

    काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले नेपाल सरकारलाई स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ । बैंकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एक थान भेन्टिलेटर, २० थान अक्सिजन कन्सन्ट्रेटर, १० हजार थान एन ९५ सर्जिकल मास्क र २ हजार थान पञ्जा उपलब्ध गराएको हो ।
    बैंकले कोरोना महामारीविरुद्धको लडाइँमा सरकारको राहत वितरणमा सघाउन पु¥याउन यो सहयोग गरेको हो । मेडिकल र स्वास्थ्य उपकरण बैंकका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दास्तिदारले मन्त्रालयका मुख्य विशेषज्ञ डा. रोशन पोखरेललाई हस्तान्तरण गरेका हुन् । बैंकले यसअघि कोरोना संक्रमणको पहिलो लहरका बेला राहतस्वरूप विविध परियोजनालाई ५ करोड ७५ लाख रुपैयाँ योगदान दिएको थियो ।

    प्रतिकृया दिनुहोस्