News Portal

  • सूर्या लाइफ इन्स्योरेन्सका नवनियुक्त सीईओ खड्काले सम्हाले कार्यभार

    आर्थीकसंसार संवाददाता१ असार, २०७८
    ३५१ पटक
    १ असार, २०७८

    काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवनकुमार खड्काले आज (असार १ गतेदेखि) कार्यभार सम्हालेका छन् । गत जेठ २५ गते बीमा समितिबाट सीईओ बन्न स्वीकृति पाएका खड्काले ६ दिनपछि आफ्नो कार्यभार सम्हालेका हुन् ।
    समितिले स्वीकृति दिएसँगै जेठ ३१ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले असार १ गतेदेखि लागू हुने गरी सीईओ पदमा नियुक्त गरेको हो ।
    यससँगै नवनियुक्त सीईओ खड्काले आगामी ४ वर्षसम्म इन्स्योरेन्सको सीईओको कार्यभार सम्हाल्ने छन् । कम्पनी सञ्चालक समितिको बैठकले उनलाई सो अवधिको लागि करारमा नियुक्त गरेको हो । नवनियुक्त सीईओ खड्का यसअघि कम्पनीको निमित्त प्रमख कार्यकारी अधिकृत पदमा कार्यरत थिए ।

    प्रतिकृया दिनुहोस्