News Portal

  • हकप्रद शेयर निष्काशनको अनुमति माग्दै शिखर इन्स्योरेन्स र एक्सेल डेभलपमेन्ट बैंक पुगे धितोपत्र बोर्ड

    आर्थीकसंसार संवाददाता३० जेठ, २०७८
    ४९० पटक
    ३० जेठ, २०७८

    काठमाडौं । शिखर इन्स्योरेन्स र एक्सेल डेभलमेन्ट बैंकले हकप्रद सेयर जारी गर्न प्रक्रिया अघि बढाएका छन् । उनीहरु दुबैले ३०÷३० प्रतिशत हकप्रद जारी गर्ने प्रक्रिया अघि बढाउँदै नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेका हुन् ।
    जसमध्ये शिखर इन्स्योरेन्स कम्पनीले ३० प्रतिशत अर्थात ५२ करोड ७५ लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न लागेको हो । कम्पनीले एक सय रुपैयाँ अंकित दरको ५२ लाख ७५ हजार ५७२ कित्ता सेयर निष्काशन गर्न गत जेठ २५ गते बोर्डसँग अनुमति मागेको हो ।
    बोर्डले अनुमति दिएपश्चात इन्स्योरेन्सले सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलमार्फत सो मात्राको हकप्रद सेयर निष्काशन गर्ने छ ।
    त्यस्तै, विकास बैंकअन्तर्गतको एक्सेल डेभलपमेन्ट बैंकले पनि ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ । संस्थाले एक सय अंकित दरको २४ लाख ३३ हजार ३६३ कित्ता अर्थात २४ करोड ३३ लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको हो ।
    संस्थाले गत जेठ २७ गते बोर्डमा फाइल पठाएको हो । यससँगै बोर्डले स्वीकृति दिएपश्चात संस्थाले सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलमार्फत सेयरधनीहरुमा हकप्रद सेयर जारी गर्ने छ ।

    प्रतिकृया दिनुहोस्