News Portal

  • नबिल बैंकलाई ऋणपत्र निष्काशन गर्न बोर्डको अनुमति

    आर्थीकसंसार संवाददाता२६ जेठ, २०७८
    ३८६ पटक
    २६ जेठ, २०७८

    काठमाडौं । नबिल बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ३० लाख इकाई ऋणपत्र निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो । जसमध्ये १२ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ भने बाँकी १८ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
    यस ऋणपत्रमा वार्षिक रुपमा ८ प्रतिशतसम्म ब्याजदर पाइनेछ । बैंकले ७ वर्ष अवधिको ‘८५ नबिल बैंक डिबेन्चर २०८५’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । बैंकको ऋणपत्र बिक्रि प्रबन्धकको काम हिमालयन क्यापिटल रहेको छ ।

    प्रतिकृया दिनुहोस्