News Portal

  • सूर्या लाइफ इन्स्योरेन्सको सीईओमा पवनकुमार खड्का नियुक्त

    आर्थीकसंसार संवाददाता२५ जेठ, २०७८
    ९७३ पटक
    २५ जेठ, २०७८

    काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पवनकुमार खड्का नियुक्त भएका छन् । बीमा समितिले उनलाई मंगलबार स्वीकृति दिइएको जनाएको छ ।
    कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले उनलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो । खड्का यसअघि सूर्या लाइफकै निमित्त सीईओका रूपमा कार्यरत थिए । उनको कार्यकाल चार वर्षको हुनेछ ।
    खड्काको बीमा, उत्पादन तथा प्रशोधन, हाइड्रो, शिक्षा, अडिटिङ, फाइनान्सियल कन्सल्टिङलगायतका क्षेत्रमा १५ वर्ष भन्दा लामो अनुभव रहेको छ । उनले बीमा कम्पनीको उच्च व्यवस्थापनमा मात्रै साढे ६ वर्ष काम गरिसकेका छन् ।
    व्यवस्थापन विषयमा स्नातकोत्तर र एसीसीए गरेका खड्का जीवन बीमा क्षेत्रका अनुभवी व्यक्ति हुन् । खड्काले नेपाल लाइफ इन्स्योरेन्समा पनि काम गरेका थिए । यस अगाडिका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले राजिनामा दिएपछि सञ्चालक समितिको बैठकले नायव प्रमुख कार्यकारी अधिकृत खड्कालाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरेको थियो ।

    प्रतिकृया दिनुहोस्