News Portal

  • एनआईसी बैंकको खाता कनेक्ट आइपिएसमा अनलाइन भेरीफाई गर्न सकिने

    आर्थीकसंसार संवाददाता१८ जेठ, २०७८
    ४६९ पटक
    १८ जेठ, २०७८

    काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुले अब आफ्नो बैंक खाता कनेक्ट आइपिएसमा लिंक गरी अनलाइनबाटै सेल्फ भेरिफाई गर्न सक्नेछन् ।
    यो सेवाको सुरुवातसँग अब खाता भेरिफाई गर्नका निम्ति बैंकको शाखापुग्नु पर्ने छैन र अनलाइबाटै सम्पूर्ण प्रक्रिया पूरा गरी कारोबार गर्न सकिनेछ ।
    अनलाइन सेल्फ भेरिफाई गरिएका खाताहरुका लागि बैंकले प्रतिदिन २ लाख तथा प्रति महिना १० लाख सम्मको कारोबार सीमा प्रदान गरेको छ भने कनेक्ट आइपिएसमा रहेको पूर्ण कारोबार सीमाको लागि भने ग्राहकले बैंकमा फर्म बुझाएर एक पटक भेरिफाई गराउनु पर्ने हुन्छ ।
    अनलाइन सेल्फ भेरिफाई प्रकृयाको लागि भने ग्राहकले कनेक्टआइपिएसमा रजिष्टर गरेको मोबाईल नम्बर र बैंकमा रहेको मोबाईल नम्बर भने एउटै हुनुपर्छ । सेल्फ भेरिफाइ गरिएका खाताको कारोबार सीमा बैंकबाटै तोकिने हुँदा विभिन्न बैंक वित्तीय संस्थाले उपलब्ध गराएको सीमाफरक हुन सक्ने बैंकले जनाएको छ । कनेक्ट आइपिएसमा हाल ५४ बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् ।

    प्रतिकृया दिनुहोस्