News Portal

  • एनएमबी बैंकद्वारा जारी ऊर्जा ऋणपत्रमा देखियो आकर्षण

    आर्थीकसंसार संवाददाता१६ जेठ, २०७८
    ४८७ पटक
    १६ जेठ, २०७८

    काठमाडौं । एनएमबि बैंकद्वारा नेपालमै पहिलोपटक ऊर्जा ऋणपत्र जारी गरेकोमा ४ दिनमै मागभन्दा अत्याधिक आवेदन परेको छ । उक्त ऊर्जा ऋणपत्र जेठ ९ गते आईतबारदेखि बिक्री खुल्ला गरिएकोमा पहिलो ४ कार्यदिन भित्रै अत्याधिक आवेदनको कारणले बिक्री बन्द गरिएको हो ।
    एनएमबि बैंकले वार्षिक ४ प्रतिशत ब्याजदरमा १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ वर्षे अवधिको उक्त ऋणपत्र विक्री खुला गरेको थियोे । यस ऋणपत्रबाट प्राप्त कोषलाई जलविद्युत र अन्य नवीकरणीय ऊर्जा आयोजनाहरूमा लगानीको लागि उपयोग गरिने छ । हालसम्म बैंकले ऊर्जा क्षेत्रमा ४३ जलविद्युत परियोजनाहरुलगायत नवीकरणीय ऊर्जाको क्षेत्रमा कुल कर्जा सापटको १६ प्रतिशतभन्दा बढी रकमको प्रतिबद्घता गरिसकेको छ ।
    उपयुक्त ऋणपत्र आह्वान गर्नुको मुलभुत उद्देश्य वास्तविक अर्थव्यवस्थाको समग्र विकासको लागि दिगो टेवा पुर्याउने प्रतिवद्धताअनुरुप उत्तरदायी भूमिका निर्वाह गर्दै बैंकिङ्ग सेवा प्रदान गर्नु रहेको बताइएको छ । बैंकले देशभरिका १८१ शाखाहरु, १३७ एटीएमहरु, ९ एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्