News Portal

  • भन्सार एजेन्टको लिखित परीक्षा स्थगित

    आर्थीकसंसार संवाददाता१२ जेठ, २०७८
    ९३२ पटक
    १२ जेठ, २०७८

    काठमाडौं । भन्सार एजेन्टको लिखित परीक्षा स्थगित भएको छ । आगामी जेठ २२ गते हुने भनिएको उक्त लिखित परीक्षा स्थगित भएको भन्सार विभागले जनाएको छ । भन्सार विभागले कोभिड–१९ संक्रमणलाई ध्यानमा राख्दै देशका अधिकांश जिल्लामा लागू गरिएको निषेधाज्ञाका कारण लिखित परीक्षा स्थगन गरिएको जनाएको हो ।
    कोरोना भाइरसबाट सिर्जित असमान्य परिस्थितिका कारण उक्त परीक्षा स्थगन गरी लिखित परीक्षा हुनुभन्दा कम्तीमा १५ दिन अगाडि सूचना प्रकाशन गरिने विभागले जनाएको छ । साथै लिखित परीक्षासम्बन्धी सूचना गोरखापत्र र विभागको वेबसाइटमा समेत प्रकाशन गरिने विभागले सूचनामार्फत जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस्