News Portal

  • महालक्ष्मी विकास बैंकले ५.५ प्रतिशत ब्याज दिने

    आर्थीकसंसार संवाददाता१० जेठ, २०७८
    ७०६ पटक
    १० जेठ, २०७८

    काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो २७औं वार्षिक उत्सवको सप्ताहव्यापी कार्यक्रमको अवसरमा आकर्षक वार्षिक ५.५ प्रतिशत ब्याजदरको वैभब बचत खाता सञ्चालनमा ल्याएको छ ।
    कुनै पनि शाखा कार्यालयमा उपस्थित नभई आफू रहेको स्थानबाट नै आफ्नो नजिकैको शाखामा अनलाइनमार्फत ग्राहकहरुले सजिलै यस खाता खोल्न सक्नेछन् ।
    उच्चतम प्रतिफल प्राप्त गर्न सकिने वैभव बचत खातामा मोवाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डिम्याट र मेरो शेयरजस्ता आवश्यक सुविधाहरुमा प्रथम बर्षको लागि शत प्रतिशत छुट प्रदान गरिएको छ । त्यस्तै बैंकले उक्त खाताको लकर सुविधामा ५० प्रतिशत छुट दिनुका साथै कनेक्ट आइपिएसको सुविधा पनि रहेको छ ।
    बैंकले यस विषम परिस्थितिमा सम्पूर्ण ग्राहकहरुलाई मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आइपिएस, क्युआर कोडलगायतका विद्युतीय बैंकिङ्ग सेवा प्रयोग गरी विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै कोरोना संक्रमणबाट आफु बच्न र अरुलाई पनि बचाउन अनुरोध गरेको छ ।

    प्रतिकृया दिनुहोस्