News Portal

  • मिर्मिरे लघुवित्तद्वारा चरिकोट प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क खाना वितरण

    आर्थीकसंसार संवाददाता९ जेठ, २०७८
    ६४९ पटक
    ९ जेठ, २०७८

    काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको चरिकोट शाखाले निःशुल्क खाना वितरण गरेको छ । लघुवित्तले चरिकोट प्राथमिक स्वास्थ्य केन्द्रमा कोरोना संक्रमणबाट उपचार गराइरहेका बिरामी, कुरुवा तथा स्वास्थ्यकर्मीलाई निःशुल्क खाना वितरण गरेको हो ।
    हाल संक्रमणबाट उपचार भइरहेका बिरामी, कुरुवा तथा स्वास्थ्यकर्मीहरुलाई उच्च मनोबल तथा हौसला प्रदान गर्न लघुवित्तले लालिगुराँस युवा क्लबको सहकार्यमा स्वास्थ्य मापदण्डको पलना गर्दै चरिकोट प्राथमिक स्वास्थ केन्द्रमा उपचार गराई रहेका १ सय २३ जनालाई खाना वितरण गरेको संस्थाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्