News Portal

  • सिईडिबी हाईड्रोपावरको पहिलो कारोवार कतिमा होला ?

    आर्थीकसंसार संवाददाता८ जेठ, २०७८
    ९१२ पटक
    ८ जेठ, २०७८

    काठमाडौं । प्रति कित्ता एक सय रुपैयाँमा आईपीओ निष्काशन गरेको सिईडिबी हाईड्रोपावरको पहिलो शेयर कारोबारका लागि न्युनतम प्रतिकित्ता १३८ रुपैयाँ ७९ पैसा र अधिकतम ४१६ रुपैयाँ ३७ पैसा सम्म रेञ्ज पाउने सम्भावना छ । पहिलो कारोवारको लागि कम्पनीले किताबी मूल्यदेखि किताबी मूल्यको तीन गुणासम्म रेञ्ज पाउने गर्छन् ।
    कम्पनीले बैशाख १७ गते देखि बैशाख २१ गतेसम्म सर्वसाधारणका लागि साधारण शेयर निष्काशन गरेको थियो । यस आईपीओमा २ लाख ३४ हजार १९५ जनाले मात्रै न्युनतम १० कित्ताका दरले शेयर पाएका थिए भने थप १ कित्ता शेयर प्राप्त गर्ने ४ जना थिए । १४ लाख ५१ हजार ४३२ आवेदकको हात खाली भएको थियो ।

     

    प्रतिकृया दिनुहोस्