News Portal

  • सगरमाथा इन्स्योरेन्सको आवको लाभांश घोषणा

    आर्थीकसंसार संवाददाता५ जेठ, २०७८
    ६७१ पटक
    ५ जेठ, २०७८

    काठमाडौं । सगरमाथा इन्स्योरेन्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । जेठ ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ११.५७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
    कम्पनीले आथिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५७८९ प्रतिशत नगद गरी सो मात्राको लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई बीमा समितिले स्वीकृत गरी कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । त्यसपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । यसअघि कम्पनीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट सेयरधनीलाई ८६ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

    प्रतिकृया दिनुहोस्