काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले सुरक्षित जीवन बीमा योजनाको व्यापक सफलतापश्चात अझ परिस्कृत रुपमा ‘नौलो सुरक्षित जीवन बीमा योजना’ ल्याएको छ । कम्पनीले ग्राहकको आवश्यकता तथा चाहनाअनुसारका बीमा योजनाहरु बजारमा ल्याउने क्रममा यो नौलो सुरक्षित जीवन बीमा योजना ल्याएको जनाएको छ ।
१८ देखि ७० वर्षसम्मको कुनै पनि स्वस्थ व्यक्तिले बीमा गर्न सकिने नौलो सुरक्षित जीवन बीमा योजनामा आम्दानीको आधारमा अधिकतम बीमाङ्क छनोट गर्न सकिने कम्पनीले विज्ञप्तीमा जनाएको छ । यस बीमा योजनाअन्तर्गत बीमितले बीमालेख चालु रही बीमा अवधि समाप्ति मितिसम्म बीमित जीवित रहेमा ‘बीमालेखमा उल्लेख भएको बीमाङ्क रकम र आर्जित बोनश’ बीमा अवधि समाप्तिमा एकमुष्ट प्रदान गर्नेछ । त्यसैगरी, बीमालेख चालु रही बीमा अवधिभित्र जुनसुकै कारणबाट (बीमालेखअन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा ‘बीमाङ्क रकम र आर्जित बोनश’ एकमुष्ट प्रदान गर्ने कम्पनीले उल्लेख गरेको छ ।
यदि दुर्घटना मृत्यु लाभ सुविधा थप लिएको छ भने चालु बीमालेखअन्तर्गत बीमा अवधिभित्र बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा ‘बीमालेखमा उल्लेख भएको बीमाङ्क रकम, दुर्घटना मृत्यु लाभ सुविधा वापतको बीमाङ्क रकम र आर्जित बोनश रकम’ एकमुष्ट भुक्तानी पाइनेछ ।
त्यसैगरी दुर्घटना मृत्यु लाभ तथा अपाङ्ग अशक्त सुविधा लिएको छ भने बीमालेख चालु रही बीमा अवधिभित्र बीमितको दुर्घटनाको कारणबाट स्थायी अङ्गभङ्ग भई स्थायी अशक्तता भएमा ‘बाँकी बीमाशुल्क भुक्तानीमा पूर्ण छुट दिइनुका साथै अपाङ्ग अशक्त सुविधा बराबर रकम मासिक १२० समान किस्ता’ मा अपाङ्ग अशक्त बीमितलाई भुक्तानी उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
यस नौलो सुरक्षित जीवन बीमा योजनाअन्तर्गत वार्षिक रुपमा बीमाशुल्क भुक्तान गर्दा कम्पनीले १५ सम्म छुट प्रदान गर्नेछ । बीमितको आवश्यकता तथा सुविधालाई मध्यनजर गर्दै यस बीमा योजनामा ३ वर्षको बीमाशुल्क भुक्तान गरी ३ वर्ष पुरा भइसकेपछि समर्पण मूल्य प्राप्त हुने तथा बीमालेखलाई धितो राखि समर्पण मूल्यको ९० प्रतिशतसम्म ऋण सुविधा लिन सकिनेछ ।
समयसापेक्ष नेपाल लाइफले प्रविधिमैत्री सेवा प्रदान गर्दै आइरहेको छ । नेपाल लाइफको बीमा शुल्क (प्रिमियम) विभिन्न डिजिटल पेमेन्ट सिस्टम तथा डिजिटल वालेटबाट कुनै पनि ठाउँबाट जुनसुकै समयमा भुक्तानी गर्न सकिने सुविधा प्रदान गरेको छ ।
नेपाल लाइफको प्रिमियम डिजिटल वालेटहरु ई–सेवा, खल्ती, कनेक्ट आइपीएस, फोन पे, आईएमई पे तथा प्रभु पेलगायतबाट अनलाइन भुक्तानी गर्न सकिन्छ । ग्राहकहरूको हितलाई ध्यानमा राखी कम्पनीले समयसापेक्ष आवश्यकताअनुसार सेवा तथा सुविधामा परिमार्जन एवं परिष्कृत गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।
नेपाल लाइफको ‘नौलो सुरक्षित जीवन बीमा योजना’ सार्वजनिक
आर्थीकसंसार संवाददाता१ जेठ, २०७८
१ जेठ, २०७८- विधुतीय शवदाह गृह निर्माण गर्न ग्लोबल आइएमई बैंकको २० लाख सहयोग
- मेरो माइक्रोफाइनान्सको अध्यक्षमा पाण्डे र सञ्चालकमा मुलेपती नियुक्त
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबाट एकैपटक ११ संस्थापक बाहिरिँदै
- नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३ लाख बढी कित्ता शेयर बिक्रीमा
- स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?
- एलआईसी नेपालको हकप्रद सेयर बिक्री खुला, कसले आवेदन दिन पाउँछ ?
- नेपाल बैंकका कर्मचारी र ग्राहकले सिद्धि पोली प्याथ ल्याबमा १०% छुट पाउने, यस्ता छन् सेवाहरू
- सिटिजन्स बैंकको सेयर १०२ रुपैयाँमै किन्ने मौका
- कृषि विकास बैंक शाखा कार्यालय मेलम्चीद्वारा सहयोग हस्तान्तरण
- सिद्धार्थ बैंक र एनसीएचएलबीच अलिपे प्लसमार्फत नेपालपे क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता