काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क ३५.४९ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा उक्त बीमाशुल्कमा सो मात्राको वृद्धि गर्न सफल भएको हो ।
गत आवको चैत मसान्तसम्ममा १८ अर्ब ४१ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले चालु आवको सोही अवधिमा २४ अर्ब ९५ करोड ६० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ ।
समीक्षा अवधिमा कम्पनीको खुद नाफा ८.३६ प्रतिशतले बढेर ५० करोड ६६ लाख रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ४६ करोड ७५ लाख रुपैयाँ मात्रै थियो ।
कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणअनुसार इन्स्योरेन्सले पुनर्बीमा कमिशनबाट २ करोड ८७ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट ५ अर्ब ४८ करोड ८ लाख रुपैयाँ र बीमालेख धितोमा कर्जा लगानी गरी १ अर्ब ४७ करोड ३३ लाख रुपैयाँ आम्दानी गरेको छ । इन्स्योरेन्सको वार्षिक प्रतिसेयर आम्दानी घटेर ९.३८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२३.९२ रुपैयाँ र मूल्य आम्दानी अनुपात २२५.०९ गुणा रहेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ७ अर्ब १९ करोड रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा १ अर्ब १२ करोड रुपैयाँ, जीवन बीमा कोषमा १ खर्ब ७ अर्ब रुपैयाँ र महाविपत्ती कोषमा ५९ करोड ८९ लाख रुपैयाँ सञ्चित रहेको छ ।
इन्स्योरेन्सले गत चैत मसान्तसम्ममा १३ लाख ७० हजार १३६ वटा बीमालेख कायम गरी २५ अर्ब ३७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै, ३९ हजार ११३ दाबीबापत ७ अर्ब १४ करोड रुपैयाँ भुक्तानी गरिसकेको कम्पनीले जनाएको छ ।
नेपाल लाइफको खुद बीमाशुल्क ३५.४९ प्रतिशतले बृद्धि
आर्थीकसंसार संवाददाता३० वैशाख, २०७८
३० वैशाख, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो