काठमाडौं । बीमा समितिले बीमाङ्कीय मूल्याङ्कनसम्बन्धी एकीकृत निर्देशिका जारी गरेकोछ । बीमाङ्कीय मूल्याङ्कन निर्देशिका–२०७६ र सोल्भेन्सी मार्जिन निर्देशिका–२०७० लाई एकीकृत गर्दै नयाँ निर्देशिका जारी गरेको हो ।
‘जीवन बीमा व्यवसाय गर्ने बीमकको बीमाङ्कीय मूल्याङ्कनसम्बन्धी निर्देशिका– २०७७’ नाम दिइएको नयाँ निर्देशिका तत्कालैदेखि कार्यान्वयनमा ल्याउन बीमा समितिले अर्काे निर्देशनसमेत जारी गरेको छ । नयाँ बीमाङ्कीय मूल्याङ्कनसम्बन्धी निर्देशिकामा सोल्भेन्सी मार्जिनमा रहेका केही प्राविधिक विषयहरुमा एक रुपता ल्याइएको छ । त्यस्तै फूल फ्लेजको सोल्भेन्सी १ लागू गर्ने व्यवस्था गरिएको छ । त्यस्तै, बीमाङ्कीय मूल्याङ्नसम्बन्धी व्यवस्था अब वित्तीय विवरणमा समेत देखाउनु पर्ने भएको छ । त्यस्तै, बीमा समितिलार्ई नियमनका लागि समेत सजिलो र व्यवस्थित गरिएको छ ।
आज जारी गरिएको निर्देशिकाअनुसार प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले पाँच महिनाभित्रमा बीमा कम्पनीहरुले एक्चुरियल भ्यालुएशनसमेत गराई समिति समक्ष प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था गरिएको छ । यदि उल्लेखित मितिमा त्यस्तो प्रतिवेदन पेश नगर्ने कम्पनीमाथि बीमा समितिले एक्सन लिन सक्ने व्यवस्था गरिएको छ ।
बीमा समितिद्वारा बीमाङ्कीय मूल्याङ्कन एकीकृत निर्देशिका जारी
आर्थीकसंसार संवाददाता२ भदौ, २०७७
२ भदौ, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान