आर्थीकसंसार संवाददाता८ असार, २०८२

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले असार २९ गते आइतबार दोस्रो वार्षिक साधारण सभा गर्ने भएको छ । सभा बिहान ११ बजेदेखि अनमोल क्याटरिङ सर्भिस शंखमूल, काठमाडौँमा गर्ने जनाएको छ ।
कम्पनीको असार ५ गते बिहीबारका दिन बसेको सञ्चालक समितिको ४४४औँ बैठकको निर्णय अनुसार सभाको मिति तय गरिएको हो ।
सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने राष्ट्रिय बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७५/७६ र आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ ।
सभाले राष्ट्रिय बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७५/७६ र आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षकको प्रतिवेदन सहितको आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू माथि छलफल गरी पारित गर्नेछ ।