News Portal

  • प्राइम बैंकसहित तीन कम्पनीको बोनस सेयर सूचीकृत

    आर्थीकसंसार संवाददाता२७ वैशाख, २०७८
    ४८० पटक
    २७ वैशाख, २०७८

    काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा प्राइम कमर्शियल बैंकसहित तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज (बैशाख २७ गते) प्राइम कमर्शीयल बैंक, गणपति लुघवित्त वित्तीय संस्था र सहारा विकास बैंकको बोनस सेयर एकैदिन नेप्सेमा सुचीकृत भएको हो ।
    जसमध्ये प्राइम बैंकको १५ प्रतिशत अर्थात २ करोड ९ लाख ७७ हजार ८७४ कित्ता बोनस सेयर सूचीकृत भएको छ । त्यस्तै, गणपति लघुवित्तको पनि १५ प्रतिशत अर्थात १ लाख ६६ हजार ११७ कित्ता बोनस सेयर सूचीकृत भएको छ । साथै, सहारा विकास बैंकको भने २३ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । संस्थाको १ लाख ६७ हजार ८८८ कित्ता बोनस सेयर सोमबार नेप्सेमा थपिएको हो । यससँगै, यी तीनवटै संस्थाको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा हुने छ । र, दोस्रो बजारमा किनबेच गर्न मिल्ने छ ।

    प्रतिकृया दिनुहोस्