News Portal

  • प्रभु लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क र नाफा दुबैमा सुधार

    आर्थीकसंसार संवाददाता२३ वैशाख, २०७८
    ४७३ पटक
    २३ वैशाख, २०७८

    काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो ९ महिनामा ११५.६० प्रतिशतले खुद बीमाशुल्क बढाउन सफल भएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५० करोड ४८ लाख रुपैयाँ खुद बीमाशुल्क गरेको कम्पनीले चालु आवको सोही अवधिमा १ अर्ब ८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको हो ।
    खुद बीमाशुल्कसँगै कम्पनीको खुद नाफा पनि बढेर १३ करोड ७८ लाख रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको तुलनामा १४८.३४ प्रतिशतले बढी हो । कम्पनीले गत आवको पुस मसान्तसम्म ५ करोड ५५ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । २ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जीवन बीमा कोषमा १ अर्ब ७६ करोड रुपैयाँ, जगेडा कोषमा ३६ करोड ६० लाख रुपैयाँ र महाविपत्ती कोषमा २ करोड ५७ लाख रुपैयाँ सञ्चित छ ।
    कम्पनीको प्रतिसेयर आम्दानी ९.१९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २०७.८८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ८७.०५ गुणा बढी रहेको छ ।
    समीक्षा अवधिमा कम्पनीले २०४ वटा दाबी वापत ५ करोड ३४ लाख रुपैयाँ भुक्तानी गरेको छ भने १० वटा दाबी वापत ७५ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको देखिन्छ ।

    प्रतिकृया दिनुहोस्