News Portal

  • जनरल इन्स्योरेन्सद्वारा लुम्बिनी प्रदेश ट्राफिक प्रहरीलाई मास्क तथा सेनिटाईजर हस्तान्तरण

    आर्थीकसंसार संवाददाता१९ वैशाख, २०७८
    ५४९ पटक
    १९ वैशाख, २०७८

    काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयअन्तर्गतका प्रहरीलाई २५०० थान मास्क तथा २० लिटर सेनिटाइजर प्रदान गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले उक्त कार्य गरेको कम्पनीले जनाएको छ ।
    कम्पनीका बुटवल शाखा प्रमुख विक्रम कँडेलले यस सहयोगले कोभिड–१९ को जोखिमलाई न्युनीकरण गर्न सहयोग पुग्ने जानकारी दिए ।
    यस अवसरमा लुम्बिनी प्रदेश ट्राफिक प्रहरी अधिकृत मधु नेपालले कम्पनीले प्रदान गरेको उक्त सहयोगले कोरोना रोकथाममा खटिरहेका प्रहरीलाई उच्च मनोबल प्राप्त भएको जानकारी दिँदै धन्यवाद ज्ञापन गरे ।

    प्रतिकृया दिनुहोस्