आर्थीकसंसार संवाददाता१९ वैशाख, २०७८
![](https://aarthiksansar.com/wp-content/themes/aarthiksansar/images/1px.gif)
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्च (नेप्से)का अनुसार कम्पनीको ८ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो ।
समायोजन भएसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता ७७१ रुपैयाँ कायम भएको छ । यससँगै अबको कारोबारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ७७१ रुपैयाँबाटै सुरु हुने छ । यसअघि इन्स्योरेन्सको अन्तिम कारोबार प्रतिकित्ता ८३३ रुपैयाँमा भएको थियो ।