News Portal

  • नेपाल बैंकको नेपाल वायुसेवा निगममा क्युआर कोड सेवा

    आर्थीकसंसार संवाददाता१४ वैशाख, २०७८
    ८२३ पटक
    १४ वैशाख, २०७८

    काठमाडौं । नेपाल बैंकले नेपाल वायुसेवा निगमलाई डिजिटल भुक्तानीको लागि क्युआर सेवा प्रदान गरेको छ । निगम र बैंकबीच डिजिटल भुक्तानीको लागि मंगलबार सम्झौता भएको छ ।
    बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । यो सम्झौतासँगै निगमका यात्रुहरुले नेपाल बैंकको क्युआर कोडमार्फत टिकटको भुक्तानी गर्न पाउनेछन् ।
    बैंक र निगमबीच भएको डिजिटल भुक्तानी सम्झौताले थप नयाँ आयाम थपेको बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले बताए ।

    प्रतिकृया दिनुहोस्