News Portal

  • ‘एनआईबिएल समृद्धि फण्ड–२’ मा आजदेखि लगानी गर्न पाइने

    आर्थीकसंसार संवाददाता१३ वैशाख, २०७८
    १०३७ पटक
    १३ वैशाख, २०७८

    काठडमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले नेपालको पुँजी बजारमा सामुहिक लगानी कोष अन्र्तगत विभिन्न योजनाहरु सञ्चालन गर्ने उद्देश्यले आपूm कोष प्रबद्र्धक रही साथै बैंकको सहायक कम्पनीको रुपमा रहेको एनआईबिएल एस क्यापिटल लि. योजना ब्यवस्थापक तथा डिपोजिटरी रहने गरी “एनआईबिएल म्युचुअल फण्ड” नामको सामुहिक लगानी कोष नेपाल धितोपत्र बोर्डमा दर्ता गरी दुईवटा बन्दमुखी र एउटा खुलामुखी योजना सञ्चालन गर्दै आईरहेको छ । ‘एनआईबिएल म्युचुअल फण्ड’ को पहिलो योजना “एनआईबिएल समृद्धि फण्ड(१” सफलतापूर्वक सञ्चालन गर्दै यस योजनाका इकाई धनीहरुलाई हालसम्म कुल ६३.५ प्रतिशत नगद लाभांश वितरण गर्न सफल रहेको छ र आगामी आर्थिक बर्षमा यस योजनाको ७ बर्ष अवधि पुरा भई योजना बन्द हुनेछ ।
    पहिलो योजनाको उत्कृष्ट प्रतिफल साथै आम लगानीकर्ताहरुको विश्वासलाई निरन्तरता दिने उद्देश्यका साथ बैंकले ‘एनआईबिएल म्युचुअल फण्ड’ अन्तर्गत सञ्चालन हुने चौथो योजनाको रुपमा ‘एनआईबिएल समृद्धि फण्ड (२’ नामको बन्दमुखी योजना सञ्चालन गर्ने अनुमति नेपाल धितोपत्र बोर्डबाट पाएको छ । यस योजनाको आकार रु. १ अर्ब २० करोड (एक अर्ब बिस करोड रुपैयाँ) र यस योजना १० बर्षको अवधिसम्म सञ्चालनमा रहनेछ । प्रति इकाई मूल्य रु. १० दरको १२ करोड इकाईमध्ये बीज पुँजी बापत १० लाख इकाई योजना ब्यवस्थापक तथा न्यूनतम २ करोड ३० लाख इकाई कोष प्रबद्र्धकका लागि गरी कुल निष्काशन गरिने इकाईको जम्मा २० प्रतिशत अर्थात २ करोड ४० लाख इकाई सुरक्षित राखि बाँकी न्यूनतम ९ करोड ६० लाख इकाई सर्वसाधारण लगानीकर्ताहरुका लागी बिक्री खुला गरीनेछ । यस योजनाको अवधिभर सामूहिक लगानी कोष नियमावलीे एवं निर्देशिका तथा प्रचलित नियम कानुनको अधिनमा रहि इकाई बिक्रीमार्फत संकलित रकमलाई जोखिम न्यूनिकरणका उपायहरु अपनाई विभिन्न क्षेत्र तथा वित्तीय उपकरणहरुमा लगानी गरिनेछ र सो लगानीबाट आर्जित मुनाफालाई इकाईधनीहरुलाई बार्षिक प्रतिफलको रुपमा वितरण गरिने यस योजनाको उद्देश्य रहेको छ भने प्रभावकारी वार्षिक प्रतिफल (Effective Annual Return) को रुपमा २१.४३ प्रतिशत यस योजनाका इकाईधनीहरुलाई दिन सक्ने प्रक्षेपण गरीएको छ । साथै यस योजनाको इकाईहरु नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भई योजनाको अवधिसम्म इकाईहरु दोस्रो बजारमा खरिद बिक्री गर्न सकिने छ ।
    यस योजना मिति २०७८/०१/१३ देखि छिटोमा २०७८/०१/१६ र ढिलोमा २०७८/०१/२७ गते सम्म इकाई बिक्री खुला हँुदैछ र इच्छुक लगानीकर्ताहरुले (व्यक्ति तथा संस्था) यस योजनामा न्यूनतम रु. १ हजार देखि अधिकतम रु. १२ करोडसम्म लगानीका लागी आफ्नो सी–आश्वा खाता रहेको बैंक वा मेरो शेयरमा लगईन गरी अनलाईन आवेदन गर्न सक्नेछन् र विवरण पुस्तिका प्राप्त गर्न नेपाल इन्भेष्टमेण्ट बैँक लि. तोकिएको शाखा कार्यालयहरु तथा एनआईबिएल एस क्यापिटल लि.को लाजिम्पाट, काठमाडौँ स्थित प्रधान कार्यालय लगायत सम्पूर्ण शाखा कार्यालयहरुमा सम्पर्क गर्न सक्नेछन् ।

    प्रतिकृया दिनुहोस्