काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सको प्रस्तावित बोनस र हकप्रद सेयर पारित भएको छ । आज (बैशाख १२ गते) सम्पन्न कम्पनीको २३औं वार्षिक साधारणसभाले कम्पनी सञ्चालक समितिको प्रस्तावलाई पारित गरेको हो ।
यससँगै कम्पनीका लगानीकर्ताले चुक्ता पुँजीको ७ प्रतिशतको दरले बोनस सेयर पाउने भएका छन् । उक्त बोनसपश्चात कम्पनीले सेयरधनीलाई ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित भएको छ । यससँगै, कम्पनीको नियामक निकाय बीमा समितिबाट स्वीकृत भएपश्चात कम्पनीले चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने छ ।
कम्पनीको व्यवसायमा भएको विस्तारसँगै जोखिम धारण क्षमतामा समेत बृद्धिको लागि कम्पनीले चुक्ता पुँजी र नेटवर्थमा वृद्धि गर्न आवश्यक हुने हुनाले बोनस र हकप्रद सेयर जारी गर्ने भएको हो । बोनस तथा हकप्रद सेयर जारी भएपश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ६२ करोड रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ ।
आईएमई जनरल इन्स्योरेन्सको प्रस्तावित बोनस पारित
आर्थीकसंसार संवाददाता१२ वैशाख, २०७८
१२ वैशाख, २०७८- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने