News Portal

  • एनएमबिको कन्ट्याक्टलेस कार्डबाटै बस भाडा तिरिने

    आर्थीकसंसार संवाददाता१२ वैशाख, २०७८
    ६२३ पटक
    १२ वैशाख, २०७८

    काठमाडौं । एनएमबि बैंकले बस भाडा तिर्नको लागि कन्ट्याक्ट लेस कार्ड जारी गरेको छ । हालको प्रतिकुल परिस्थितिमा ग्राहकलाई बस भाडा तिर्ने कार्यमा सहजता होस भन्ने उद्देश्यका साथ बैंकले यो सेवा प्रदान गर्न शुभारम्भ गरेको हो ।
    घरमै बसी ओम्नी च्यानलमार्फत खातालगायत विविध बैंकिङ्ग सेवाको सफलतापूर्वक सञ्चालन भएसँगै एनएमबि बैंकले कोभिडबाट सुरक्षाको साथै क्यासलेस समाज निर्माणमा सहकार्य गर्न फिन्टेक ईन्टरनेशनलसँग सहकार्य गर्ने गरी समझदारी गरेको छ । यससँगै उक्त कार्डबाट यात्रीद्वारा तय गरेको दुरीका आधारमा बस भाडा स्वतः गणना हुनेछ र सो भाडा कन्ट्याक्टलेस कार्डको माध्यमबाट भुक्तानी गर्न सकिनेछ । यस्तै प्रकारको भुक्तानी प्रणाली विश्वको विकसित मुलुकको शहरहरुमा प्रयोग भइरहेको पाइन्छ । हाल संयुक्त यातायात र मत्स्य राजधानीका २० वटा बसमा यो सुविधा उपलब्ध भइरहेको र अरु विभिन्न बस ब्यवसायीहरुसँग सहकार्य गरी यो सुविधा उपलब्ध गराउने कार्यमा बैंक प्रयासरत रहेको छ । हालको परिप्रेक्ष्यमा यो सेवाको सुरुवात गर्नु सुरक्षाको मामलामा कुनै सम्झौता बिना ग्राहकवर्गलाई प्रदान गर्न लागिएको यस सेवा डिजिटल भुक्तानीको क्षेत्रमा एक कोशेढुङ्गा हो ।
    एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

    प्रतिकृया दिनुहोस्