News Portal

  • नेपाल एसबिआईको एटिएम आउटलेट पुतलिसडकमा

    आर्थीकसंसार संवाददाता१२ वैशाख, २०७८
    ८६४ पटक
    १२ वैशाख, २०७८

    काठमाडौं । नेपाल एसबिआई बैंकले पुतलीसडकमा आफ्नो एटिएम आउलेटको उद्घाटन गरेको छ । बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमारले एटिएम आउलेटको उद्घाटन गरेका हुन् ।
    सो समारोहमा, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम, प्रमुख सञ्चालन अधिकृत यादभेंद्र कांत, सल्लाहकार छपिराज पन्तका साथै बैंकका अन्य कर्मचारीको उपस्थिति थियो । यस बैंकले ८८ शाखा, १९ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२२ एटिएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्