काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले कृषकहरुलाई आधुनिक बैंकिङ सुविधाका लागि प्रोत्साहन गर्ने नीति लिएको छ ।
नेपालको अर्थतन्त्रको अभिन्न अंगका रुपमा रहेका कृषकहरुलाई आधुनिक बैंकिङ सुविधाको प्रयोग गर्नका लागि प्रोत्साहन गर्ने उद्देश्यले मेगा बैंकले क्यूआर कोड सुविधालाई तीव्रताका साथ विस्तार गरिरहेको हो ।
यसैक्रममा कृषि क्षेत्रमा डिजिटल बैंकिङलाई प्रबद्र्धन गर्न मेगा बैंकले ललितपुरको कुसुन्तीस्थित सांग्रिला एग्रो प्राइभेट लिमिटेडसँग सम्झौता गरेको छ । सम्झौताअनुसार, मेगा बैंकले सांग्रिला एग्रोले कुसुन्तीमा सुरु गर्न लागेको तरकारी तथा फलफुल बजारसँग आबद्ध सबै कृषि उत्पादक तथा बिक्रेतालाई बैंकिङ सुविधा तथा कर्जा सुविधा प्रदान गर्नेछ । यसका साथै, सांग्रिला एग्रोसँग आबद्ध कृषक र बिक्रेताहरुलाई निःशुल्क क्यूआर कोडको व्यवस्था गरिनेछ भने क्यूआर कोड प्रयोग गरी तरकारी तथा फलफुल खरिद गर्ने ग्राहकहरुलाई १० प्रतिशतसम्म छुट अथवा बढीमा ५ सय रुपैंयासम्म छुटको ब्यवस्था गरिएको मेगा बैंकले जनाएको छ । यससम्बन्धी सम्झौतापत्रमा मेगा बैंककी नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र सांग्रिला एग्रोका अध्यक्ष गणेशबहादुर सुवेदीले हस्ताक्षर गरे ।
केही दिनअघि मात्रै मेगा बैंकले काठमाडौं उपत्यका र आसपासका गोलभेंडा उत्पादक कृषकहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले कर्मा समूहसँग सम्झौता गरेको थियो भने जोरपाटीस्थित विश्रान्ति होलसेल तरकारी तथा फलफुल बजारसँग आबद्ध तरकारी व्यवसायी र तरकारी बिक्रेतालाई क्यूआर कोड वितरण गरेको थियो ।
नेपालको आधारभूत तहमा रहेका कृषकहरुलाई आधुनिक बैंकिङतर्फ आकर्षित बनाउन सके बैंकिङ सेवाको विस्तारले पनि तीव्रता पाउने मेगा बैंकको विश्वास छ ।
कृषकहरुलाई आधुनिक बैंकिङमा लैजाँदै मेगा बैंक
आर्थीकसंसार संवाददाता९ वैशाख, २०७८
९ वैशाख, २०७८- सन नेपाल लाइफद्वारा सामाजिक उत्तरदायित्व कार्यक्रम
- सन नेपाल लाइफद्वारा घातक रोग बीमा दाबी भुक्तानी
- महिला लघुवित्तको करिब २ लाख कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
- उत्पादत्व वृद्धिका लागि परम्परागत पद्धति परित्याग गर्न मन्त्री चौधरीको सुझाव
- अग्राधिकार शेयरः प्राथमिक पुँजी कोष दबाबमा रहेका बैंकहरुलाई उत्तम विकल्प
- शून्य मौज्दातका निष्क्रिय खाता बन्द गर्दै महालक्ष्मी विकास बैंक
- ग्लोबल आइएमई बैंकले ओपेक फण्डबाट २५ मिलियन डलर ऋण लिँदै, साना व्यवसाय प्रर्वद्धन गरिने
- सन नेपाल लाइफद्वारा घातक रोग बीमा दाबी भुक्तानी
- होटल हिमालयमा प्रभु बैंकका ग्राहकलाई छुट
- हिमालयन एभरेष्ट इन्स्योरेन्सका सीईओ पदमुक्त