News Portal

  • ज्योति बैंक र सूर्या हेल्थ केयरबीच छुटसम्बन्धी सम्झौता

    आर्थीकसंसार संवाददाता२ भदौ, २०७७
    ८५५ पटक
    २ भदौ, २०७७

    काठमाडौं । ज्योति विकास बैंक र सूर्या हेल्थकेयरबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । सो सम्झौताअन्तर्गत ज्योति बैंकको डेबिट कार्ड भएका ग्राहकहरुले सूर्या हेल्थ केयरको सम्पूर्ण प्याथोलोजी सेवामा २० प्रतिशत छुट पाउनेछन् ।
    सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट तथा सूर्या हेल्थ केयरका तर्फबाट संस्थाका ल्याब मेनेजर प्रमोदकुमार यादवले हस्ताक्षर गरेका हुन् ।
    हाल ज्योति विकास बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । हालसम्म बैंकले ३ लाख भन्दा बढी खाताबाट करिब ३७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २० हजारभन्दा बढी ऋणीलाई करिब ३१ अर्ब रुपैयाँ लगानी गर्न सफल भएको छ ।

    प्रतिकृया दिनुहोस्