News Portal

  • ग्लोबल आइएमई र स्पर्श लघुवित्तको एकीकृत कारोबार सुरु

    आर्थीकसंसार संवाददाता८ वैशाख, २०७८
    ५५४ पटक
    ८ वैशाख, २०७८

    काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र स्पर्श लघुवित्त वित्तीय संस्थाको आज (बैशाख ८ गते) देखि एकीकृत कारोबार सुरु भएको छ । स्पर्श लघुवित्तलाई प्राप्ति गरेपश्चात ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु भएको हो ।
    बेसीशहर–८, लमजुङ केन्द्रीय कार्यालय भई राष्ट्रियस्तर कार्यक्षेत्र भएको ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले पोखरा–२६, कास्की केन्द्रीय कार्यालय भएको स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति एकीकृत कारोबार सुरु भएको हो ।
    एकीकृत कारोबार पश्चात वित्तीय संस्थाको कुल चुक्ता पुँजी ४३ करोड १७ लाख रुपैयाँ, कुल कर्जा लगानी ६ अर्ब १४ करोड रुपैयाँ, निक्षेप तथा बचत २ अर्ब ३ करोड रुपैयाँ रहेको छ । त्यस्तै, देशका विभिन्न ५१ जिल्लाका ९९ वटा शाखा कार्यालयहरुमार्फत वित्तीय सेवा प्रदान भइरहेका छन् । साथै, वित्तीय संस्थाको कुल ग्राहक सदस्यहरु १ लाख २३ हजार ४१३ जना रहेका छन् भने ६३ हजार २९० जना ऋणी सदस्यहरुले विभिन्न शीर्षकअन्तर्गत कर्जा सुविधा उपभोग गरिरहेका छन् ।
    सो कार्यक्रमका प्रमुख अतिथि ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले लघुवित्त क्षेत्रमा डुप्लीकेसन समस्या रहेको र त्यसको निराकरणको उपाय मध्येको एक उपाय मर्जर तथा प्राप्तिले डुप्लीकेसनमा कमी हुने बताए । साथै, मर्जरले सफल र सुदृढ संस्था हुन तथा नेपाल राष्ट्र बैंकको नीतिलाई पनि सहयोग पुग्ने उनले बताए ।

    प्रतिकृया दिनुहोस्