News Portal

  • नबिल बैंकको स्मार्ट बैंकिङ्ग एपमा कार्ड इन्ट्रिगेसनको सेवा सुरु

    आर्थीकसंसार संवाददाता२ वैशाख, २०७८
    ७४१ पटक
    २ वैशाख, २०७८

    काठमाडौं । नबिल बैंकको नबिल स्मार्ट बैंकिङ्ग एपमा कार्ड इन्ट्रिगेसनको सेवा सुरु भएको छ । योसँगै अब नबिल बैंकका ग्राहकले आफ्नो कार्डको जानकारी जस्तै कार्ड स्टेटमेन्ट, कारोबारको विवरण, कार्ड ब्यालेन्स साथै कार्ड सक्रियता÷निष्क्रियता तथा कार्डमार्फत साइन अपजस्ता कार्यहरु नबिल स्मार्ट बैंक एपबाट गर्न सक्नेछन् ।
    कोरोना महामारीलाई मध्यनजर गर्दै बैंकले यो सुविधा डेबिट, क्रेडिट तथा प्रिपेड कार्डहरुमा उपलब्ध गराएको जानकारी दिएको छ । सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको नबिल बैंकको ११९ शाखा, १८५ एटिएम, १५०० भन्दा बढी नबिल रेमिट एजेन्ट रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा अग्रणी भूमिका खेल्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्