
काठमाडौं । नेपाल इन्स्योरेन्सका बीमितले अबदेखि मोबाइलबाटै बीमा भुक्तानी गर्न सक्ने भएका छन् । कम्पनीले २०७८ साल बैशाख १ गतेबाट इन्स्योरेन्सको डिजिटल सेवा सुरु गरेसँगै बीमितले उक्त सुविधा भएको हो ।
बीमा समितिले हालै जारी गरेको सम्पत्ति बीमा निर्देशिकाको निर्देशनअनुरुप बीमालेखलाई डिजिटल गर्नुपर्ने व्यवस्थालाई समेत ध्यानमा राखी कम्पनीले उक्त डिजिटल सेवाको सुरु गरेको हो ।
नेपालमै निर्जीवन बीमा उद्योगको क्षेत्रमा कम्पनीले बिक्री गर्दै आएका बीमालेखहरुमध्ये प्रथम चरणमा मोटर साईकलको तेस्रो पक्ष बीमालेख, घर बीमालेख र ट्राभलर्स मेडिक्लेम बीमालेखलाई अनलाइन पोर्टलमार्फत कम्पनीले मोबाईल एप सञ्चालनमा ल्याएको हो । यससँगै कम्पनीका ग्राहकले मोबाईलबाट एप डाउनलोड गरी आफुलाई चाहिएको बीमालेख खरिद गर्नसक्ने कम्पनीले बताएको छ । उक्त बीमा सेवाको सुरुवातपश्चात उपभोक्ताको हात हातमा नेपाल इन्स्योरेन्सको बीमा सेवा उपलब्ध हुने कम्पनीको दाबी छ ।