News Portal

  • ओखलढुंगामा नेपाल बैंकको क्युआर कोड सेवा

    आर्थीकसंसार संवाददाता३० चैत्र, २०७७
    १०८५ पटक
    ३० चैत्र, २०७७

    काठमाडौं । ओखलदुंगामा नेपाल बैंक लिमिटेडले आफ्नो क्युआर कोड सेवा वितरण सुरु गरेको छ । नेपाल राष्ट्र बैंकको अभियानको रुपमा रहेको आधुनिक सेवा क्युआर कोड विस्तारमा साथ दिँदै नेपाल बैंक लिमिटेड ओखलढुंगा शाखाले क्युआर कोड वितरण सुरु गरेको हो ।
    नगदहित कारोबार अभिबृद्धि गरी जनजीविका सरल बनाउन र नगद कारोबारमा निहित जोखिम न्यूनीकरण गर्न क्युआर कोड विस्तारमा जोड दिइएको शाखाका शाखा प्रबन्धक सरोज कटुवालले जानकारी दिए ।
    विना नगद आफ्नो मोवाईल बैंकिङ एप्समार्फत क्युआर स्क्यान गरी सिँधै खातामा रकम भुक्तानी गर्न सकिन्छ । प्रविधिको तीब्र विकास र परिवर्तन सँगसँगैं बैंकिङ क्षेत्रले पनि आफुलाई निरन्तर अपडेट गर्दै डिजिटलाइजेसनमा विशेष जोड दिँदै आएका छन् भने बढ्दो वित्तीय साक्षरताले यसलाई अझ थप टेवा पुर्याएको नेपाल बैंक लिमिटेडले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्