News Portal

  • कुमारी बैंकको तरकारी बजार पशुपति एग्रो मार्टमा क्युआर सेवा

    आर्थीकसंसार संवाददाता३० चैत्र, २०७७
    १०२३ पटक
    ३० चैत्र, २०७७

    काठमाडौं । कुमारी बैंक शान्तिनगरस्थित तरकारी तथा फलफूल बजार, पशुपति एग्रो मार्टमा मोबाइल फोनबाट सहज र सुरक्षित क्युआर कोड भुक्तानी सेवाको विस्तार गरेको छ ।
    बैंकका संचालक समितिका अध्यक्ष अमिरप्रताप राणाको सभापतित्व तथा पशुपति एग्रो मार्टका अध्यक्ष राजुकुमार खत्रीको प्रमुख आतिथ्यमा सो क्यूआर स्ट्याण्ड तरकारी व्यवसायीहरुलाई हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।
    कुमारी बैंकले नगद कारोबारकोे विकल्पमा आफ्नो मोबाइल एपमार्फत क्युआर भुक्तानी गर्न सकिने डिजिटल प्रविधिलाई प्रवद्र्धन गर्दैे आइरहेको छ । ‘यस क्युआर प्रणाली अन्तर्गतको भुक्तानीमा नगद बोक्नु नपर्ने, नगद हराउने÷चोरी हुने सम्भावना नरहने, आफ्नो बैंक खाताबाट सिधै भुक्तानी गर्न मिल्नेजस्ता फाइदाहरु रहेका छन् । त्यसैगरी, व्यवसायीहरु हरेक दिन बिक्री गरिएको रकम जम्मा गर्न बैंक धाई राख्नुपर्र्ने तथा खुद्रा पैसा बोक्नुपर्ने झन्झटबाट पनि मुक्त हुनेछन् । उक्त सेवाको प्रयोग गर्दा अतिरिक्त शुल्क पनि लाग्ने छैन,’ कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले बताए ।
    हालसम्म बैंकले ८ हजारभन्दा बढी व्यापारीहरुलाई फोनपे क्युआर डिजिटल भुक्तानी प्रक्रियामा आवद्ध गराइसकेको छ ।
    कुमारी बैंकले आफ्ना देशव्यापी १९३ शाखा सञ्जाल, १६५ एटिएम, २५ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको छ ।

    प्रतिकृया दिनुहोस्