News Portal

  • मिर्मिरे लघुवित्तद्वारा सचेतनामूलक कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता२९ चैत्र, २०७७
    १४१६ पटक
    २९ चैत्र, २०७७

    काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले कैलालीको लम्कीचुहा नगरपालिका–८ गप्कास्थित राष्ट्रिय माध्यमिक विद्यालयमा यौन हिंसा, लागू पदार्थ दुव्र्यसनी, ट्राफिक नियमका विषयमा सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।
    उक्त कार्यक्रममा कक्षा ९ र १० का विद्यार्थीहरु सहभागी थिए । कार्यक्रममा वित्तीय संस्थाका तालिम सामाजिक विकास विभाग प्रमुख विकल काफ्ले, बौनिया क्षेत्रीय कार्यालयका प्रबन्धक वेदप्रसाद आचार्यले सचेतना प्रशिक्षण दिनुभएको थियो भने वित्तीय संस्थाका अनुगमन अधिकृत सुरेशबहादुर खड्काले कार्यक्रमको संयोजकत्व गरेका थिए ।
    विद्यालयको तर्फबाट शिक्षिका सारिका मल्ल र शिक्षक भरत बिष्ट उपस्थित थियो । कार्यक्रममा प्रहरी निरीक्षक भरतबहादुर शाहले विद्युतीय अपराध ऐन, यौनजन्य हिंसा, लागू पदार्थ दुव्र्यसनी सम्बन्धमा प्रशिक्षण दिएका थिए । बालबालिकाहरुमाथि सामाजिक संजालको प्रयोगबाट हुन सक्ने हिंसा, बाल विवाह र सो सम्बन्धी वर्तमान कानुनी व्यवस्था सम्बन्धमा प्रकाश पार्दै, नकारात्मक विचार मनमा आउन नदिने र सचेततापूर्वक सकारात्मक विचारको बाटोमा लागे मात्र सफल व्यक्ति बन्न सक्ने बताए ।
    कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय मोतिपुर कैलालीका प्रमुख प्रहरी नायब निरीक्षक शोभानसिंह कार्कीले सडक सुरक्षामा अपनाउनुपर्ने सावधानी तथा दुर्घटनाबाट बच्न अपनाउनुपर्ने उपायहरु, ट्राफिक संकेत र त्यसको अर्थ, ट्राफिक लाइटमा सवारी सञ्चालन तथा सुरक्षित सडक प्रयोगसम्बन्धी सहभागी विद्यार्थीहरुलाई प्रशिक्षण दिए ।

    प्रतिकृया दिनुहोस्