News Portal

  • ग्रीन डेभलपमेण्ट बैंकको साधारणसभा सम्पन्न

    आर्थीकसंसार संवाददाता२८ चैत्र, २०७७
    ३८१ पटक
    २८ चैत्र, २०७७

    काठमाडौं । ग्रीन डेभलपमेण्ट बैंकको साधारणसभा सम्पन्न भएको छ । सभाले ३ दशमलव ८ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव २० प्रतिशत नगद लाभाशं पारित गरेको हो । उक्त सभा पोखराको होटल वाराहीमा सम्पन्न भएको हो ।
    सभाले आर्थिक वर्ष २०७६÷७७ को वित्तीय विवरण पारित गर्नुका साथै सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्ने दुईजना सञ्चालकहरुसमेत निर्वाचित गरेको छ ।
    साधारण सभावाट प्रकाशकुमार श्रेष्ठ र विश्व मोहन अधिकारी सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका छन् । सञ्चालक अधिकारी लेकसिटी होल्डिङस प्रालिको प्रतिनिधिको रुपमा निर्वाचित भएका हुन् ।
    त्यस्तै, सभामा सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गर्ने सम्बन्धमा छलफल गरी पारित भएको छ ।

    प्रतिकृया दिनुहोस्