News Portal

  • नेपाल इन्स्योरेन्सको ७२औं वार्षिक साधारणसभा सम्पन्न

    आर्थीकसंसार संवाददाता२७ चैत्र, २०७७
    ६०२ पटक
    २७ चैत्र, २०७७

    काठमाडौं । नेपाल इन्स्योरेन्सको प्रस्तावित १० प्रतिशत लाभांश पारित भएको छ । आज (चैत २७ गते) सम्पन्न कम्पनीको ७२औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।
    यससँगै कम्पनीका सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ८ प्रतिशत बोनस र २ प्रतिशत नगद (कर समेत) गरी १० प्रतिशत लाभांश पाउने भएका छन् । हाल संस्थाको चुक्ता पुँजी १ अर्ब १५ करोड रुपैयाँ रहेको छ । ८ प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी १ अर्ब २४ करोड रुपैयाँ नाघ्ने छ ।
    नेपालको पहिलो बीमा कम्पनीको रुपमा वि.सं. २००४ साल असोज ८ मा स्थापित कम्पनीको आर्थिक वर्ष २०७६÷०७७ को ७२औं वार्षिक साधारणसभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष अर्जुन पौडेल शर्माको सभापतित्वमा सम्पन्न भएको हो । सभा चैत २७ गते शुक्रबारका दिन एयरपोर्ट होटल सिनामङ्गल काठमाडौंमा सम्पन्न भएको हो । सभामा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विज्ञप्ती बमोजिमका जनस्वास्थ्यका मापदण्ड तथा सामाजिकरभौतिक दुरी कायम गर्नुका साथै भर्चुअल (जुम) मार्फत समेत गरिएको थियो ।

    कम्पनीको आव ०७६÷०७७ को मुख्य सूचांङ्क


    आव ०७६÷०७७ मा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) का कारण उद्योग, व्यापार वित्तीय क्षेत्रलगायत होटल, यातायात, पर्यटन तथा अन्य क्षेत्रमा परेको प्रभाव बीमा क्षेत्रमा पनि पर्यो । कोरोना भाईरस संक्रमणका कारण कम्पनीको सम्पति बीमा, मोटर, सामुन्द्रिक, ईन्जिनियरिङ्ग बीमामा प्रत्यक्ष असर परेको छ भने अन्य बीमा व्यवसायहरुमा समेत आशिंक प्रभाव परेको छ । कोरोना महामारीले विश्वलाई नै अक्रान्त पारेको अवस्थमा कम्पनीले आगामी दिनमा सुरक्षाका उपाय, सुचना प्रविधिको उच्चत्तम प्रयोग र भवितब्यबाट पर्न सक्ने प्रभावलाई न्यूनिकरण गर्ने गरी आफ्नो रणनीति तयार गर्दै लगेको छ ।
    कम्पनीले आफ्ना बीमितहरु, लगानीकर्ता, नियमनकारी निकायहरु तथा कम्पनीको संचालक समितिको मार्ग निर्देशन र कर्मचारीहरुको उत्कृष्ट कार्य सम्पादन, प्रविधिको उच्चत्तम प्रयोग तथा व्यापक शाखा सञ्जाल विस्तार गरी बीमा शुल्क आर्जन, चुक्ता पुँजी, लगानी तथा नाफामा समेत बृद्धि गर्न सफल भएको र आगामी दिनमा समेत यसलाई निरन्तरता प्रदान गर्दै जाने छ ।
    कम्पनीले प्रधान कार्यालयसहित आफ्नो ४९ शाखा कार्यालय र ३ वटा तेस्रो पक्ष बीमा सेवा केन्द्रहरुबाट बीमा सेवा प्रदान गर्दै आएको र आवश्यकताअनुसार थप शाखा सञ्जाल विस्तार गरी देशको ग्रामिणस्तरसम्म सेवाग्राहीलाई बीमा सेवाको पहुँच पु्र्याउने लक्ष्य लिएको छ ।

    प्रतिकृया दिनुहोस्